Sunday, June 16, 2013

परिचय खोज्दै छु

आज फेरि आफैंलाई खोज्दैछु,
चिनिन नसकेको परिचय बुन्दैछु।
जुन छुने सपना एउटा कुनामा बिसाई ,
जुनकिरीको धिप धिप उज्यालो रोज्दैछु।

बगिरहेँ बिनालक्ष्य धारसँगै,
जहाँ अन्त्यको ठेगानै छैन।
अब आफ्नै बाटो कोर्नलाई,
साधन अनेक अव खोज्दैछु ।

निधारमा नाम खोपेर मात्रै,
परिचय देखाउने चाह छैन।
छेपारो झैं रंग फेर्ने हैन,
स्वाभिमानको स्वर बोकेको छु।

अवसरवादको छायाँ मेट्दै,
निर्मल आफ्नै पहिचान खोज्दै।
सानो भए पनि अटल होस्,
कुनै दाग नलाग्ने परिचय रोज्दै।

अब आफ्नै बाटो कोर्नलाई,
साधन अनेक अव खोज्दैछु ।

न जुनको रहर, न धर्तीको मोह,
बस् आफ्नै उज्यालोको खोज।
धिपधिप बल्ने जुन्किरी बनौँ,
अन्धकारमै आफैं उज्यालो दिऔँ। ✨

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home