Thursday, July 4, 2013

मान्छे by Subodh Khanal on Sunday, 27 January 2013 at 14:50

समुन्द्र देख्दा बर्षातको महत्व भुल्ने मान्छे
 जीवनको भारी बिसाउन एत्र तत्र डुल्ने मान्छे
देउता सम्झी चोखो मनले पुज्दा उसलाई
फगत आफ्नो साँघुरो धरातलमा झुल्ने मान्छे
 कलियुगकी पुतानालाई पनि सीता सम्झी पुज्ने मान्छे
जीवनलाई मोज मस्तीको रुपमा मात्र बुझ्ने मान्छे
चोखो मनले हितैषी मित्र ठान्दा उसलाई
भित्र भित्रै बाकी नराखी खोक्रो पारी चुस्ने मान्छे
 जलापिएको गहना जस्तै बजारू बस्तु रोज्ने मान्छे
पिचास हरुको भिडमा बुदात्मा खोज्ने मान्छे
ब्यबहारमा आदि मानब झैँ देखिए पनि आफुलाई
२१औं शताब्दीको आधुनिक प्राणी सोच्ने मान्छे

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home