प्रभावकारी सुक्ष्म जीव (Effective Microorganisms )को परिचय र जैविक फोहोर व्यवस्थापनमा यसको प्रयोग
भूमिका
हाम्रो दैनिकीबाट विसर्जन गरिएको फोहोरको व्यवस्थापन एउटा ठूलो
समस्या भएको छ ।फोहोरलाई जलाउनु, बाटो वा नदी किनारमा फाल्नु हाम्रो लागि सामान्य
विषय हो ।उचित व्यस्थापनको लागि टाउको दुखाउने कुरा गर्न त के सोच्न पनि हामीलाई
फुर्शद छैन ।जलाउनाले वायुमण्डलमा हानिकारक कण र ग्याँस उत्सर्जन हुन्छ जसले वातावरण र मानव स्वास्थ्यमा गम्भीर प्रभाव
पार्दछ ।साथै खोला नालामा विसर्जित गर्नाले पानीको गुणस्तर घट्ने, रोग र अन्य
समस्या सिर्जना गर्छ । त्यसैले फोहर व्यवस्थापनको लागि कुशल र दिगो विकल्पहरू
खोज्नु एकदम आवश्यक छ। जैविक श्रोतको फोहोरलाई प्रयोग गरि कम्पोस्ट बनाउँदा
फोहोरबाट सिर्जना भएको समस्या समाधान पनि हुन्छ साथै माटोमा उर्वराशक्ति बढ्न गइ
स्वच्छ र पौष्टिक उत्पादन खान पाइन्छ ।
बोसुइटा र हेन्ड्रिक्सले सन् २००५मा ले प्रकाश संश्लेषक
ब्याक्टेरिया स्वतन्त्र र आत्मनिर्भर सूक्ष्मजीव हुन् भनेर देखाए। तिनीहरूले
सूर्यको प्रकाश र माटोबाट उर्जा लिएर जराबाट
आएको पदार्थ, माटोमा रहेको जैविक पदार्थ र अमोनिया जस्ता ग्यासबाट कोशिकाको लागि चाहिने एमिनो
एसिड, न्यूक्लिक एसिड र चिनी जस्ता पदार्थमा रूपान्तरण गरि प्रयोग गर्दछन्।
यी सबै तत्वहरु बिरूवाहरूमा सिधा समाहित हुन सक्छ जसले बोटको विकास, माटो
प्रणालीको बढावा र अन्य लाभदायक
सूक्ष्मजीवहरू कायम राख्न सहयोग गर्दछ ।उदाहरण को लागी, Vesicular arbuscular mycorrhiza (VAM) ले माटोमा रहेको ब्याक्टेरियाले उत्पादन गरेको एमिनो एसिड प्रयोग
गरि माटोमा फस्फोरसको उपलव्धता गराउछ।
VAM ले एजोटोव्याक्टर र राइजोबियमसँग मिलेर बस्छ जसले वनस्पतिहरूको नाइट्रोजन उत्सर्जन गर्ने क्षमता बढाउँदछ। प्रभावकारी सूक्ष्मजीवले फाइदाजनक रैथाने सूक्ष्मजीवहरूको क्रियाकलापलाई बृद्धि गर्दछ, उदाहरणका लागि, माइकोराइजाइ (mycorrhizae)ले वायुमण्डलबाट नाइट्रोजन अनुक्रमित गर्ने र माटोबाट फास्फोरस लिन सहयोग गरि रसायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न सहयोग गर्दछ। माटोको उर्वराशक्तिमा सुधारले बोटको वृद्धि, फूल फुल्ने, फलफूल विकास र बाली पाक्ने कुरामा महत्त्वपूर्ण सकारात्मक प्रभाव पार्छ।मुथौरा र उनको सहकर्मीले सन् २०१०मा एक अध्ययनमा प्रभावकारी सुक्ष्म जीवको प्रयोग गरि फलफूलको बृद्धि र उत्पादनमा बढोत्तरी गर्न सफलता हासिल गरेका थिए। जावेद र बाजवाले सन् २०११ मा गरेको अर्को अध्ययनमा गोठेमल र एनपीके मलमा प्रभावकारी सुक्ष्म जीव थप गर्दा प्रयोग गर्दा मूंगको उत्पादनमा क्रमशः २४ प्रतिशत र ४६ प्रतिशत उल्लेखनीय वृद्धि भयो।
चित्र :सम्पूर्ण वाली हरुमा VAM प्रयोग गर्न सकिन्छ |
VAM ले एजोटोव्याक्टर र राइजोबियमसँग मिलेर बस्छ जसले वनस्पतिहरूको नाइट्रोजन उत्सर्जन गर्ने क्षमता बढाउँदछ। प्रभावकारी सूक्ष्मजीवले फाइदाजनक रैथाने सूक्ष्मजीवहरूको क्रियाकलापलाई बृद्धि गर्दछ, उदाहरणका लागि, माइकोराइजाइ (mycorrhizae)ले वायुमण्डलबाट नाइट्रोजन अनुक्रमित गर्ने र माटोबाट फास्फोरस लिन सहयोग गरि रसायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न सहयोग गर्दछ। माटोको उर्वराशक्तिमा सुधारले बोटको वृद्धि, फूल फुल्ने, फलफूल विकास र बाली पाक्ने कुरामा महत्त्वपूर्ण सकारात्मक प्रभाव पार्छ।मुथौरा र उनको सहकर्मीले सन् २०१०मा एक अध्ययनमा प्रभावकारी सुक्ष्म जीवको प्रयोग गरि फलफूलको बृद्धि र उत्पादनमा बढोत्तरी गर्न सफलता हासिल गरेका थिए। जावेद र बाजवाले सन् २०११ मा गरेको अर्को अध्ययनमा गोठेमल र एनपीके मलमा प्रभावकारी सुक्ष्म जीव थप गर्दा प्रयोग गर्दा मूंगको उत्पादनमा क्रमशः २४ प्रतिशत र ४६ प्रतिशत उल्लेखनीय वृद्धि भयो।
ईएमले क्षारयुक्त अमोनिया र ट्राइमेथिलेमाइनको कारण हुने गन्धहरूलाई
कम गर्दछ।सूक्ष्मजीव बोकाशी युक्त राशन जनावरहरूलाई खुवाउदा उनीहरूको आन्तरिक शुक्ष्म
प्रणालीलाई सुधार गर्नेछ जसले मलबाट आउने गन्ध कम हुन्छ।गोदामहरूमा प्रभावकारी सूक्ष्मजीवहरू छर्नुको साथै खानपानमा प्रभावकारी
सूक्ष्मजीवहरू थपेमा गोठ साथै पशुहरूको पाचन प्रणालीमा रहेका ब्याक्टेरिया लगायत
सम्पूर्ण सूक्ष्मजीवको वातावरणमा सुधार हुनेछ जसले पशुको स्वास्थ्यलाई सुरक्षित राख्नेछ।यसले उनीहरुको प्रदर्शनमा सुधार आउनुको साथै खोप र एन्टिबायोटिकहरूको प्रयोग घटाउन
सम्भव हुनेछ जसबाट किसान र उपभोक्ताहरूले सुरक्षित
पशु उत्पादनहरू पाउन सक्नेछन्। भ्याल्ज र लोरेंजोले सन् २००२मा देखाए अनुसार
प्रभावकारी सुक्ष्मजीवको बारम्बारको प्रयोगले रसायनिक मल र किटनाशकको आवस्यकता कम
भै वातावरणीय प्रदुषण कम हुन्छ।नदीहरुमा EM हाल्दा सुक्ष्म जिवहरुको संख्या बढ्न गइ पर्यावरणीय पिरमिडमा
सुधार र प्रदुषणमा कमि आइ पारिस्थितिक प्रणालीमा सुधार र विविधता आउछ।जसले गर्दा नदीको आत्म शुद्धिकरण
क्षमतामा सुधार गरि तिनीहरुलाई फेरी स्वच्छ, सुन्दर र निर्मल बन्न सहयोग गर्दछ।
प्रभावकारी सूक्ष्मजीवहरूको अर्को अन्तर्निहित क्षमता भनेको अवांछनीय
र भारी धातुहरू हटाउन सक्नु हो।बेसिलस स्ट्रेनको व्याक्टेरिया प्रयोग गरेर लिड, क्याडमियम, तामा,
निकेल, कोबाल्ट, मेंगानिज, क्रोमियम र जस्ता लगायतका धातुहरु फोहोर पानी वा माटोबाट
माटोको स्वाभाविक गुणस्तर र उर्वरता सुधार गर्न सकिन्छ ।
२.
नेपालमा ठोस फोहोरको परिदृश्य
तिव्र र अनियन्त्रित शहरीकरण, जनचेतनाको
अभाव र नगरपालिकाहरुको खराव व्यवस्थापनले नेपालको धेरै शहरहरुमा फोहोरको असुरक्षित
व्यवस्थापन ठुलो समस्याको रुपमा आएको छ । एसियाली विकास बैंकले
नेपालमा गरेको सर्वेक्षण अनुसार प्रति व्यक्ति १७० ग्राम प्रति दिन प्रति क्यापिटा
रहेको छ ।रु. ४०,००० मासिक खर्च भएको प्रत्येक घरधुरीले मासिक रु. ५००० खर्च गर्ने
घरधुरी भन्दा दोब्बर ठोस फोहोर उत्पादन गर्ने कुरा देखिएको छ।तराइमा रहेको
नगरपालिका हरुले हिमाली क्षेत्रमा रहेको नगरपालिका भन्दा ८०% बढी फोहोर उत्पादन
गर्ने रहेछन् ।स्कुलहरुले प्रतिदिन ४ किलोग्राम र अफिशहरुले १.४ किलोग्राम फोहोर उत्पादन
गर्छन् ।त्यसैगरी पसलहरुले प्रतिदिन १.४ केजी र
होटलहरुले ५.७केजी फोहोर निकाल्ने सोहि अध्ययनले देखाएको छ।यो रिपोर्टमा
भनिए अनुसार नगरपालिकाबाट निस्किएको ठोस फोहोर मध्ये ५०-७०% घरधुरीबाट निस्कन्छ ।जस
मध्ये ६६% फोहोर जैविक स्रोतको, १२% प्लास्टिक र ९% कागजजन्य रहेको देखिएको छ ।
संस्थागत फोहोरको संरचना विश्लेषण गर्दा ४५% कागज जन्य, २२% जैविक फोहर र २१% प्लास्टिक पत्ता लगायो। अध्ययनले पत्ता लगाए अनुसार वाणिज्यिक क्षेत्रबाट आएको फोहोरमा 43% जैविक फोहोर, २३% कागज जन्य र २२% प्लास्टिक रहेको छ। समग्रमा, नगरपालिकामा सिर्जना भएको ठोस फोहोर मध्ये 56% जैविक फोहोर, १६% प्लास्टिक र १६% कागज जन्य फोहोर मिलेर बनेको छ।यसले धेरै नगरपालिकाहरुमा जैविक फोहोरबाट कम्पोस्ट उत्पादन गर्न, र अन्य सामग्रीहरूको पुनः प्रयोग लागि ठूलो सम्भाव्यता दर्साउँछ । सो भएमा करीव १०% मात्र अन्तिम निकासमा जान्छ। उक्त अध्ययनमा उल्लेख गरे अनुसार सर्वेक्षण गरिएको परिवार मध्ये करिब ३०% परिवारले परम्परागत विधिहरूको प्रयोग गरेर कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यास गरिरहेका थिए।
चित्र: नेपालको शहर बजारमा यस्तो दृश्य सामान्य लाग्छ |
संस्थागत फोहोरको संरचना विश्लेषण गर्दा ४५% कागज जन्य, २२% जैविक फोहर र २१% प्लास्टिक पत्ता लगायो। अध्ययनले पत्ता लगाए अनुसार वाणिज्यिक क्षेत्रबाट आएको फोहोरमा 43% जैविक फोहोर, २३% कागज जन्य र २२% प्लास्टिक रहेको छ। समग्रमा, नगरपालिकामा सिर्जना भएको ठोस फोहोर मध्ये 56% जैविक फोहोर, १६% प्लास्टिक र १६% कागज जन्य फोहोर मिलेर बनेको छ।यसले धेरै नगरपालिकाहरुमा जैविक फोहोरबाट कम्पोस्ट उत्पादन गर्न, र अन्य सामग्रीहरूको पुनः प्रयोग लागि ठूलो सम्भाव्यता दर्साउँछ । सो भएमा करीव १०% मात्र अन्तिम निकासमा जान्छ। उक्त अध्ययनमा उल्लेख गरे अनुसार सर्वेक्षण गरिएको परिवार मध्ये करिब ३०% परिवारले परम्परागत विधिहरूको प्रयोग गरेर कुहिने र नकुहिने फोहोर छुट्याउने अभ्यास गरिरहेका थिए।
चित्र: नेपालको नगरपालिकामा निस्कने ठोस फोहोर मध्ये धेरै जैविक स्रोतका हुन्छन् |
३.
प्रभावकारी सुक्ष्म जीव भनेको के हो?
प्रभावकारी सुक्ष्मजीवलाई
अंग्रेजीमा Effective Microorganisms(EM)भनिन्छ ।यो माटोमा प्राकृतिक रुपमा रहेको लाभदायक सुक्ष्मजीवको मिश्रण हो
जसले माटोको पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न सहयोग गर्दछ ।विभिन्न अध्ययनले
EM को प्रयोगले माटोको गुणस्तर, वोट विरुवाको बृद्दी र उत्पादनमा सुधार गर्न
सक्ने कुरा देखाएको छ ।लाभदायक सुक्ष्म जीवको अवधारणा सर्वप्रथम जापानको ओकिनावा स्थित
युर्कियास विश्वविध्यालयका प्रोफेसर तेरुओ हिगाले विकास गरेका थिए ।उनले सन्
१९८०को दशकमा विभिन्न ८० किसिमका सुक्ष्मजीवको प्रयोगले माटोमा जैविक पदार्थ
कुहाएर प्रांगारिक मल बनाएका थिए । यसै क्रममा उनले माटोमा जीवन प्रवर्दन गर्न प्रभावकारी
सुक्ष्मजीवको प्रयोगको लागि स्व-प्रभुत्वको सिद्दान्त प्रतिपादन गरेका थिए ।
उनले सूक्ष्मजीवहरूका तीन बटा समूहहरूमा
विभक्त गरेका थिए:सकारात्मक सूक्ष्मजीव(positive microorganisms)ले पुनर्उत्पन्न(regeneration), नकारात्मक सूक्ष्मजीव
("negative microorganisms) ले कुहाउने र पतन (decomposition, degeneration)भने अवसरवादी सूक्ष्मजीव (opportunist microorganisms) ले दुवै कार्य गर्दछ। हिगाले भने अनुसार हरेक माध्यममा (माटो, पानी, हावा
र मानव आन्द्रा) “सकारात्मक” र “नकारात्मक” सुक्ष्मजीवको अनुपात महत्वपुर्ण हुन्छ किनभने
अवसरवादी सूक्ष्मजीवहरूले त्यहि अनुरुप आफ्नो व्यवहार देखाउछन् ।त्यसकारण, "सकारात्मक"
सूक्ष्मजीवहरूको पूरकको रुपमा दिइने तत्वले सकारात्मक प्रभाव पार्न सकिन्छ ।
प्रभावकारी सूक्ष्मजीवहरू पुनरुत्पादक (regenerative)प्रकारको रूपमा वर्गीकृत गर्न सकिन्छ। तिनीहरू प्रत्यक्ष र
अप्रत्यक्ष रूपमा जीवित जीव र वातावरण स्वस्थ राख्न सहयोग गर्दछन्।यसको विपरित
हानिकारक सूक्ष्मजीवहरु पुनरुत्पादक सुक्ष्म जीवको बिल्कुल विपरीत तरीकाले व्यवहार गर्दछन्। तटस्थ
सूक्ष्म जीवहरू सबैभन्दा ठूलो समूह हुन्छ र कुनै पनि समूहको तथाकथित प्रभुत्व सिद्धान्तको
पालना गर्दछ ।जुन त्यो प्रणालीमा शक्तिशाली छ त्यहि अनुरुप आफ्नो व्यवहार
परिवर्तित गर्दछ ।यसैले, यदि हामी वातावरणमा सकारात्मक प्रभाव चाहनछौ भने पुनरुत्पादक सूक्ष्म जीवहरूको संख्या बढाउनु पर्ने हुन्छ। यस्तो अवस्थामा EMको जीवनका धेरै क्षेत्रमा नयाँ आयामहरू खोल्न सकिन्छ ।
४. प्रभावकारी सुक्ष्मजीवमा के के समिश्रण हुन्छ ?
४. प्रभावकारी सुक्ष्मजीवमा के के समिश्रण हुन्छ ?
- ल्याक्टिक एसिड उत्पादन गर्ने जीवाणुहरू -Lactobaccilus plantarum, L. casei, Lactococcus lactis
- प्रकाशसंश्लेषक ब्याक्टेरिया- Rhodopseudomonas palustris, Rhodobacter sphaeroides.
- यीस्टहरू-Saccharomyces cerevisiae, Candida utilis
- एसिटिनोमाइसिटिज- Streptomyces albus, S. griseus
- ढुसी-Aspergillus oryzae, Mucor hiemalis
- अन्य :प्राकृतिक वातावरणमा पाइने हितकारी सुक्ष्म जीव जसले pH ३ वा त्यो भन्दा तलको तरल पदार्थमा जीवित रहन सक्छ ।
- EM-1: सिंचाईको पानी संगै प्रयोग गर्न सकिन्छ ।
- EM-5: EM-1 संगै भिनेगर, स्पिरिट (रक्सी) , गुण, लसुन, खुर्सानी, नीम मिसाएर ३०दिन कुहाए पछि EM-5 तयार गरिन्छ जुन वोट विरुवाको रोग र किराहरु नियन्त्रण गर्न सकिन्छ ।
- EM बोकासी : चोकर, पिना, माछाको धुलो वा अन्य सामाग्री संगै EM मिसाएपछि EM बोकासी तयार हुन्छ । जापानी भाषामा बोकासी भनेको कुहिएको जैविक पदार्थ हो ।बजारमा यो धुलो वा दानाको रुपमा पाइन्छ ।
- EM-X: मिसो र सोया सस जस्ता खानामा EM को प्रयोग गरि प्रिबायोटिक पेय पदार्थ बनाईन्छ जसलाई EM-X भनिन्छ ।यसमा प्रशस्त मात्रामा खनिज, भिटामिन र इन्जाईम हुन्छ ।
- EM ceramix : मोन्टमोरीलाइट नामको विशेष प्रकारको माटोमा EM राखेर कुहाएपछि पकाइन्छ ।पकाउन राख्ने तापक्रम अनुसार यो दुइ प्रकारको हुन्छ-खैरो (grey) र गुलाव (rose)।यो पानीको गुणस्तर र पशुहरुको स्वास्थ्य सुधार गर्नको लागि प्रयोग हुन्छ ।
- EM प्रयोग गरि कुहाइएको बोटबिरुवाको झोल : EM-1 संगै हरियो झार हरु मिसाएर कुहाइन्छ र त्यसलाई पोषक तत्व को रुपमा र रोग किरा नियन्त्रण गर्न प्रयोग गरिन्छ ।
EM -1 |
EM बोकासी |
EM सेरामिक |
- EM प्रयोग गरेर के फाइदा हुन्छ ?
ü माटोमा जैविक प्रक्रिया सक्रिय पार्न
ü वालीको विकासको लागि
ü मलको प्रतिक्रिया सुधार गर्न
ü हानिकारक जीवाणुहरुलाई दबाउन
ü पानीको गुणस्तर सुधार गर्न
ü प्रांगारिक मल सुधार गर्न
ü गन्ध नियन्त्रण गर्न
ü सेप्टीक ट्यांकीमा जैविक अन्तरक्रिया बढाउन
६.
कृषिमा प्रयोग
प्रभावकारी सूक्ष्मजीवहरूले माटोमा भएका मूल सूक्ष्मजीव संग मिलेर माटोको
संवर्धनमा योगदान गर्दछन् ।गढ़यौलाले यस्ता विविधिकृत आहार खाएपछि माटोमा सूक्ष्म
प्वालहरुमा वृद्धि हुनेछ।यसले माटोलाई
स्वस्थ बनाउँछ, बोटको राम्रो बृद्धि हुन्छ,
कीराको दबाब कम हुन्छ र
उच्च-गुणस्तरको बाली उब्जनी गर्न सकिन्छ।EM मा प्रयोग हुने ब्याक्टेरिया र अन्य सुक्ष्म जीवको समूह मानव, बोटबिरुवा, जनावर र माटोको लागि पूर्ण रूपमा
सुरक्षित छ किनकि यो प्राकृतिक र जैविक पदार्थहरूबाट लिइएको हुन्छ ।कृषिमा यसको प्रयोग
रोपाई, उर्वरक, कम्पोस्टिंग
र सरसफाई सहित बिभिन्न गतिविधिहरूमा व्यापक रुपमा हुन थालेको छ। प्रभावकारी
सूक्ष्मजीवहरूले माटोको उर्वरा शक्ति बढाउँछ र बालीको, फूल र फलफूलमा बढावा दिन्छ। यसले बाली उत्पादन बढाउन र बालीको
गुणस्तर सुधार गर्नका साथै बालीको अवशेषहरूबाट जैविक पदार्थको विच्छेदनलाई तीव्र
पार्न सक्छ। माटोमा फाइदाजनक सूक्ष्मजीवहरूको जनसंख्याले प्रतिस्पर्धी बहिष्करणको
माध्यमबाट माटोको रोग नियन्त्रण गर्न मद्दत गर्दछ। कृषि र बागवानीमा प्रभावकारी
सूक्ष्मजीवहरू प्रयोग गर्ने केही फाइदाहरू तल वर्णन गरिएका छन्।
ü
माटोमा
नाइट्रोजन र पोषक तत्वको मात्रा बढाउन: प्रभावकारी सूक्ष्मजीवहरूले
बोटबिरुवाहरूको लागि माटोमा पोषक तत्त्वको उपलब्धता बढाउछ जसले रसायनिक मलको प्रयोग र खेतीको लागतलाई कम गर्छ।प्रभावकारी सूक्ष्मजीवहरूलाई वोटविरुवाको पातमा छर्दा प्रयोगले फाइलोस्फेयर (पातको
वरिपरिको क्षेत्र) मा लाभदायक सूक्ष्मजीवहरूको संख्यामा बढोत्तरी हुन्छ। ईएम
प्रयोग भएका तरकारीहरूमा अधिक पोषण र स्वाद हुने र लामो समय सम्म सुरक्षित रहने कुरा अध्ययनले
देखाएको छ । यसको प्रयोगले वायुमंडलमा रहेको नाइट्रोजनलाई माटोमा अनुक्रमित गर्न
सक्ने रैथाने सुक्ष्म जीवको प्रदर्शन राम्रो हुन्छ।
ü
रोग लगाउने
सुक्ष्म जीवको दमन: माटोमा प्रभावकारी सूक्ष्मजीवहरूको प्रयोगले रोग सार्ने
जीवाणुहरूको दमन संगै जैविक पदार्थहरूको विगठन
गरि खनिज पोषक तत्वहरू र महत्त्वपूर्ण जैविक यौगिकहरूको उपलब्धता बढाउँदछ।यसले
लाभदायक ब्याक्टेरियाको संख्या वृद्दि गरि माटोसँग सम्बन्धित रोगहरू कम गर्न सहयोग गर्दछ। लाभदायक र हानिकारक जीवाणुहरुको प्रतिस्पर्धामा यसले लाभदायक सूक्ष्मजीवहरूको
संख्याको वृद्धि गरि रोग लगाउने हानिकारक जीवहरुलाई उपलब्ध स्रोतहरूको नष्ट ।
ल्याक्टिक एसिडले निर्मलीकरणमा प्रभाव पार्छ र माटोमा यसको उपस्थितिले नेमाटोड
संख्यामा लगाम लगाई यसले लगाउने रोगबाट बचाउछ ।प्रभावकारी सूक्ष्मजीवहरूमा
ल्याक्टिक एसिड ब्याक्टेरियाहरूले माटोमा सेलुलोज र लिग्नीन् को बिच्छेदनमा भाग
लिन्छन्।
ü
यसको
प्रयोगले जैविक स्रोतबाट उत्पन्न फोहोर र अवशेषहरु चाडै कुहिन्छ : जब हामीले सक्रिय पारिएको प्रभावकारी सूक्ष्मजीवहरू पुत्रेफ्याक्टिभ
ब्याक्टेरियाहरूले भरिएको वातावरणमा हाल्छौं, तव सुक्ष्मजीव मण्डलमा सुधार गरि गन्ध कम गर्दछ । प्रभावकारी
सूक्ष्मजीवहरुको प्रयोगले सबै प्रकारको
जलाशय र ढलमा रहेको खराब गन्धको समस्या समाधान
गर्न सक्छौं।
ü
प्रभावकारी
सूक्ष्मजीवको प्रयोगले सुक्ष्म वातावरणमा सुधार गरि जैविक पदार्थहरुलाई चाडै कुहाइ
उच्च-गुणस्तरको कम्पोस्ट मल छोटो समय मै गर्न सकिन्छ।
ü
जुसो र
उनको सहकर्मीले सन् २०१३मा गरेको अध्ययन अनुसार प्रभावकारी सूक्ष्मजीव बिना
कम्पोस्टको तुलनामा प्रभावकारी सूक्ष्मजीव प्रयोग गरिएको कम्पोस्ट मलमा अधिक
मात्रामा नाइट्रोजन, फस्फोरस र पोटाश हुन्छ। यस अध्ययन अनुसार प्रभावकारी सूक्ष्मजीवको
प्रयोग गरेर प्रांगारिक मलमा खनिजको उपलब्धतालाई बढाउन सकिन्छ ।
७. EM झोललाई कसरि सक्रिय पार्ने ?
क. बजारमा उपलब्ध EM सुस्त अवस्थामा हुन्छ जसले गर्दा प्रयोग गर्नु भन्दा अघि त्यसलाई सक्रिय पार्नु आवस्यक हुन्छ ।
ख. हावा नछिर्ने गरि २० लिटर पानीमा २ किलो गुड हाली एक लिटर निष्क्रिय ईएम थपिन्छ ।
ग. सो भाँडो ८-१० दिन सम्म घामबाट बचाएर राखिन्छ ।
घ. प्रत्येक दिन बिर्को खोलेर ग्यास निस्कन दिनुहोस् ।
ङ. सक्रिय हुँदा Acitinomycetes को सेतो पत्र देखिन्छ र रक्सीको मिठो बास्ना आउछ ।
च. सो क्रममा झोलको pH ४ भन्दा कम हुनु पर्छ ।
७. EM झोललाई कसरि सक्रिय पार्ने ?
क. बजारमा उपलब्ध EM सुस्त अवस्थामा हुन्छ जसले गर्दा प्रयोग गर्नु भन्दा अघि त्यसलाई सक्रिय पार्नु आवस्यक हुन्छ ।
ख. हावा नछिर्ने गरि २० लिटर पानीमा २ किलो गुड हाली एक लिटर निष्क्रिय ईएम थपिन्छ ।
ग. सो भाँडो ८-१० दिन सम्म घामबाट बचाएर राखिन्छ ।
घ. प्रत्येक दिन बिर्को खोलेर ग्यास निस्कन दिनुहोस् ।
ङ. सक्रिय हुँदा Acitinomycetes को सेतो पत्र देखिन्छ र रक्सीको मिठो बास्ना आउछ ।
च. सो क्रममा झोलको pH ४ भन्दा कम हुनु पर्छ ।
८.
EM प्रयोग गरेर कसरि प्रांगारिक मल तयार गर्ने ?
ü एउटा भाँडोमा भान्साबाट
निस्किएको जैविक फोहरको हाल्नुपर्छ ।
ü लगभग ५ सेमी जतिको तह
भएपछि त्यसमा EM को सक्रिय झोल छर्कनुपर्छ ।
ü फेरी फोहोरको अर्को तह
राख्ने, यो प्रक्रिया भाँडो नभरीए सम्म जारि राख्नुपर्छ ।
ü त्यसपछि २x२x२ फिट को खाल्डो खन्नुपर्छ ।
ü त्यो खाल्डोको सवै भन्दा
तल सुकेको पात राख्नुपर्छ ।यसले
ओंस सोस्ने र सुक्ष्म जीवको अन्तरक्रिया बढाउन सहयोग गर्छ ।
ü त्यसपछि फेरी सक्रिय
पारिएको EM को झोल छर्किनुपर्छ (यसले सुक्ष्म जीवको विकासमा सहयोग गर्छ)।सुक्ष्म जीवको
अन्तरक्रियाले कुहिने फोहोर हरुलाई मलमा परिणत गर्छ।
ü १० दिन पछि सो थुप्रोलाई
पल्टाउनु पर्छ ।यसरि पल्टाउदा विचको
सामाग्रीलाई बाहिर तिर र छेउको सामाग्रीलाई विच तिर राख्नु पर्छ ।
ü यदि कम्पोस्टमा कडा गन्ध
आयो भने अलि चाडो चाडो पल्टाउनु पर्छ ( कसिलो भएकोले हावा नखेलेर खराव गन्ध आउछ)।
ü यदि सुक्खा छ भने पानी
हाल्नु पर्छ।
ü तयार नहुन्जेल समय समयमा
थुप्रोलाई चलाई राख्नुपर्छ ।
ü थुप्रो छाम्दा तातो भएन र
मल कालो र बुर्बुराउदो देखियो भने मल तयार भयो भन्ने बुझ्नुपर्छ ।
ü साधारणतया यसरि मल तयार
गर्न ४५ दिन लाग्छ भने अरु तरिकाबाट प्रांगारिक मल तयार हुन ६०-७५ दिन जति लाग्छ।कम्पोस्ट तयार हुँदा गाढा खैरो र
कृषि माटोको कडा गन्ध आउँछ।
भान्साबाट निस्केको जैविक फोहोरमा em प्रयोग गरि तयार पारिएको प्रांगारिक मल |
९.
प्रांगारिक मलको पोषक तत्वको मापन
पारम्परिक रुपमा तयार गरिएको
प्रांगारिक मल
|
EM राखेर तयार गरिएको प्रांगारिक मल
|
|
नाइट्रोजन(%)
|
०.९
|
१.२
|
फस्फोरस (%)
|
१.२
|
१.८
|
पोटासियम (%)
|
०.३२
|
०.४४
|
जैविक कार्वन (%)
|
५
|
५.४
|
पी एच
|
६.८
|
६.६
|
यसबाट EM राख्दा भान्सा बाट सिर्जित हुने जैविक फोहोर प्रयोग
बनाउने प्रांगारिक मलको पोषक तत्व बढ्ने कुरा पुष्टि हुन्छ । EM मा हुने ल्याकटोव्यासिलस, प्रकाशसंश्लेषक
ब्याक्टेरिया र यिस्टबाट क्रमशः एमाइलेज, रुबिस्को र मेलिबाइज जस्तो एन्जाइमको
क्रियाले गर्दा जैविक फोहोरलाई प्रांगारिक मल बनाउदा सो मल पारम्परिक मल भन्दा उपयोगी
र समृद्ध हुन्छ जसबाट राम्रो र स्वास्थ्यकर
उत्पादन लिन सकिन्छ भने वातावरण र जीवनको गुणस्तर पनि राम्रो बनाउछ । यसरि मल
बनाउदा गन्ध पनि त्यति आउदैन ।
१०. र
अन्त्यमा
सारमा भन्नु पर्दा प्रभावकारी सूक्ष्मजीवहरू प्राकृतिक
सूक्ष्मजीवहरू मिलेर बनेको हुन्छन्, जुन सुरक्षित र वातावरण मैत्री छन्। प्रभावकारी सूक्ष्मजीव खेतीका विभिन्न
विधिहरूसँग प्रयोग गर्न अनुकूल छ ।यसले माटो र पानीमा भएको फाइदाजनक
सूक्ष्मजीवहरूको संख्यालाई विविधता दिन्छ। यिनीहरुले कहिले पनि पानी प्रणाली
प्रदूषित गर्दैनन्।प्रभावकारी सूक्ष्मजीव प्राकृतिक रूपमा व्युत्पन्न सामग्रीबाट
निर्मित हुन्छ। प्रयोग पछि विघटित गर्न सजिलो छ र प्रभावकारी सूक्ष्मजीववादले
प्रदूषित गर्दैन। यसको सट्टामा यसले फोहोर चाडै कुहाएर मल रुपी मोहोर बनाउन सहयोग
गर्छ, गन्ध आउन दिदैन, पशु स्वास्थ्य सुधार गर्छ,
यसले माटो, ताल र नदीहरूलाई शुद्ध पार्छ, जसले गर्दा वातावरणीय र
आर्थिक भार कम हुन्छ।
18 Comments:
Great blog sir ! Very informative!!
Great Sir.
Worth reading sir congratulations
thank you
thank you
Wou congratulations sir very informative!!!
Wou congratulations sir very informative!!!
Wou congratulations sir very informative!!!
Very useful and informative blog sir....thank you for this😊
एकदम जानकारीमुलक ।। सर गुण बाहेक अरु केही प्रयोग गर्न सकिन्छ कि सकिन्न? जस्तै चिनी।
Sake samma gund nai prayog garnu ramro....Em ko Bikas ko lagi, food provide garne garcha....but aru upay vayena vane u can use sugar.(it is not generally recommended)
wow. Very illuminating sir. Thank you !!!
Very effective information Sir.
This comment has been removed by the author.
informative sir😊
Informative
Worth reading... Thank you sir
Worth reading... Thank you sir
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home