Monday, June 21, 2021

हे युवा हो......

 जव राजनीति र समाजसेवा नै  तिम्रो जागिर भएपछि 

आँसुको व्यापार गर्न क्यामेरा र मोबाइलको ताँती गएपछि 

स्वघोषित अभियन्ता रे, पैसा संग आँसु साट्ने ? 

पैसा कै  लागि यिनीहरुले थुकेको थुक पनि चाट्ने 


आफुलाई राम्रो देखाउन यहा अरुलाई सधै गिराउनै पर्ने 

देखाउन चाही टन्न देखाउने, काम चाही सुकाको गर्ने 

कोहि मान्छे अन्डा जस्ता, सुरुमा दयावान देखि ढुंगाको मुटु बोकी हिड्ने 

कोहि मानिस गाँजर जस्ता, सुरुमा महत्वाकांक्षी बनि पछि हतास भै हिड्ने 


तिम्रो व्यवहार ऐना हो , तिम्रो मनमा के छ भन्ने 

किच्च दन्त देखाएर हुन्न , बगलीमा छूरा राखी  राम राम भन्ने 

सपनाको महल सपना मै हुन्छ , विपनीमा त्यसरी कहा  चल्छ ? 

हामी युवाहरु यसरि बिग्रिरहादा मन यो मेरो सधै जल्छ 


७० वर्ष जिउन चिल ले नंग्रा फाल्छ , प्वाख उखेली अघि बढ्छ 

४० वर्षमा आफुलाई परिवर्तन गरि , अझ ३० वर्ष उड्छ

अरुलाई चोर औलाले दोष लाउदा , चार औलाले आफु तिरै ताक्छ 

आफ्नो मनको कालो हटाऊ , हृदयमा अनि सधै घाम लाग्छ 


त्यसैले हे युवा हो, आफुमा रहेको राम चिन 

खेलौना हुदै छौ तिमि , बुझ पचाई यसरि बस्छौ  किन? 

सकारात्मकता तिर अघि बढ, संसार सधै खुसि देख्छौ 

पाइलाहरु अघि बढाउ , पौरखले तिम्रो शिखर टेक्छौ 


1 Comments:

At March 27, 2022 at 11:13 AM , Blogger Rabindra Yadav said...

All the words are footsteps for we youths. Thank u sir

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home