Wednesday, July 1, 2020

के हो यो जीवन?

सुखै सुखको दोभान हो जीवन
भन्छन् कोहि, भन्छन् कोहि
दुखै दुखको सार हो जीवन
भन्छन् कोहि, भन्छन् कोहि

जीवनमा कर्म गर, फल यसको नखोज
विकृति र दुर्वेशन हैन, असल हितकारक चिज रोज
भन्छन् कोहि, भन्छन् कोहि
जीवनमा मोज गर, भोलिको लागि नहेर
भोलिको लागि साची, किन फाल्छौ जीवन खेर
भन्छन् कोहि, भन्छन् कोहि

पैसा हो जीवन, पैसा नै भक्ति, पैसा ले दिन्छ सबैलाई शक्ति
पैसा नै शिक्षा पैसा नै दिक्षा, पैसाले बनाउछ मान्छे लाई खिच्छा
भन्छन् कोहि, भन्छन् कोहि
थाहै पाइन मैले के हो यो जीवन
भन्देउ कोहि, भन्देउ कोहि

प्रेम नै सुख, प्रेम नै जीवन, प्रेम विना सक्दैन कोहि पनि बाच्न
भन्छन् कोहि, भन्छन् कोहि
प्रेम हो दुख अनि जीवनको भार
उजाड पार्छ यसले मानवीय संसार
भन्छन् कोहि, भन्छन् कोहि
थाहै पाइन मैले के हो यो जीवन
भन्देउ कोहि, भन्देउ कोहि

जीवन पासा हो, हुन सक्छ जित अनि हुन सक्छ हार
सबैको सेवा गर्नु हो जीवनको सार
थाहै पाइन मैले के हो यो जीवन
भन्छन् कोहि, भन्छन् कोहि
जीवन स्वार्थै स्वार्थको पोको हो
यहि स्वार्थको मानिस भोको हो 
भन्छन् कोहि, भन्छन् कोहि
अझै थाहै पाइन के हो यो जीवन?
भन्देउ तिमी अब भन्देउ तिमी

............................................२०६०/३/२८


 , 

2 Comments:

At July 2, 2020 at 5:03 AM , Blogger Bikash Poudel said...

Loved it !

 
At July 2, 2020 at 5:30 AM , Blogger Sagar Lamsal said...

ramro xa guru

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home