Monday, June 7, 2021

खुसीको खोजीमा भौतारिदा.........

 

भूमिका

हुन न मान्छे हरुले आफु संग भएको केहि कुरा बाड्न चाहदैन तर खुसि नै एउटा यस्तो चिज हो जुन जति बाढ्यो त्यति बढ्छ विभिन्न अध्ययन हरुले खुसि रहंदा मान्छेहरु खुसि हुँदा रोग प्रतिरोधी क्षमता पनि बढ्ने कुरा देखिएको छ । आफुलाई मात्र केन्द्रमा राखी सारा संसारलाई स्वार्थको दृष्टिले हेर्दा आज मानिस एकदम दुखि भएको छ ।काम सुरु गर्नु भन्दा अघि एकदम महत्वाकांक्षी हुने र साना कष्ट र दु:खहरुले नै हरेस खाने परिपाटी देखिएको छ। जसले गर्दा विभिन्न मानसिक समस्याहरु पनि शृजना भएको छ  । हाम्रो समाजमा नकारात्मक सोच बढेको छ । नकारात्मक समस्याहरु मुलधारका संचार लगायत हाल बृद्दि हुदै गरेको सामाजिक संजालहरुमा विक्ने गरेको छ । हामीमा संकिण सोच र नकारात्मक सोचले डेरा जमाउदै गएको छ । त्यसैले यस लेखमा मैले खुशीको पहेलुहरु केलाउने सानो प्रयास गरेको छु ।


खुशी भनेको के हो ?



खुशी भनेको त्यस्तो  भावनात्मक अवस्था हो जसमा आनन्द, सन्तुष्टि,  र  लक्ष्य पूर्तिका भावनाहरू हुन्छन्। खुशीका  धेरै परिभाषाहरू छन् र  प्राय   सबैमा सकारात्मक भावनाहरू र जीवन सन्तुष्टिको रूपमा वर्णन गरिएको छ। आजको यो भागदौडमा खुशी रहन धेरैले खोजे पनि हुन सकिरहेको छैनन्। आज खुशी भनेको धन कमाउनु, भौतिक चीजबीजहरू प्राप्त गर्नु जस्ता कुरामा सिमित भएको छ ।


जब अधिकांश व्यक्तिहरू खुशीको बारेमा कुरा गर्छन्, उनीहरूले वर्तमान क्षणमा कस्तो महसुस गरिरहेका छन् भन्ने बारेमा कुरा गरिरहेका हुन सक्छन् वा तिनीहरूले समग्र जीवनको बारेमा कस्तो महसुस हुन्छ भन्ने सामान्य भावनालाई संकेत गरिरहेका हुन सक्छन्।


विभिन्न अन्वेषकहरूले पत्ता लगाएअनुसार आनुवंशिक गुणजीवन परिस्थितिउपलब्धिहरुवैवाहिक स्थिति र सामाजिक सम्बन्धहरुले  तपाईको  खुशीलाई प्रभाव पार्छन् । प्राय सन्तुष्ट मानिसहरु खुशी हुन्छन् । साना साना चिजहरुमा खुशी खोज्ने, चुनौतीपूर्ण गतिविधिहरूमा लीन हुने लक्ष्यहरू तय गर्ने र त्यसलाई पूर्ति गर्न खोज्ने घनिष्ट सामाजिक सम्बन्ध कायम राख्ने र आफ्नो जीवनको उद्देश्य खोज्ने मान्छेहरुले सन्तुष्टि प्राप्त गर्छन् । खुशीलाई हामीले दुई कोणबाट हेर्न सक्छौ :

१.   भावनाहरूको सन्तुलन: सबैले सकारात्मक र नकारात्मक दुबै भावनाहरू अनुभव गर्दछन्। खुशीको प्राप्ति नकारात्मक भन्दा बढी सकारात्मक भावनाहरुको अनुभव संग जोडिएको छ।

२. जीवन सन्तुष्टि: तपाईंको सम्बन्धकामउपलब्धि र तपाईंले महत्त्वपूर्ण ठान्नुहुने अन्य चीजहरू सहितको तपाईंको जीवनको विभिन्न क्षेत्रहरूसँग सन्तुष्ट महसुस गर्नु भएको छ भने तपाई खुसि रहन सक्नुहुन्छ।

तपाई खुशी हुनुहुन्छ भन्ने कसरि थाहा पाउने ? 

खुशीको अवधारणा मान्छे पिछे फरक हुन्छ तर समस्टिगत रुपमा केलाउदा खुशीको केहि संकेत गर्ने केहि मानकहरु तल दिइएको छ :  

·        तपाईले चाहे जस्तो जीवन विताए जस्तो लाग्छ 
·        तपाईको जीवनको अवस्था राम्रो छ जस्तो लाग्छ 
·        तपाईले चाहेको कुरा पाउनु भएको वा पाउने अवस्थामा भए जस्तो लाग्छ 
·        तपाई आफ्नो जीवनसँग सन्तुष्ट हुनुहुन्छ 
·        नकारात्मक सोच भन्दा सकारात्मक सोच बढी छ 
खुशी रहने व्यातिहरुले मानव भावनाको सम्पूर्ण दायराहरू (जस्तै क्रोध, निराशा, एकंकिपन, दुख ) समय समयमा   महसुस गर्छन्  । तर यस्तो अवस्था महसुस हुँदा उनीहरु संग अनुकुलनको क्षमता र सकारात्मक सोचले गर्दा अन्तर्निहित भावना विकास भै अझ राम्रो हुँदै जान्छन् जसले गर्दा उचित व्यवहार प्रदर्शन  गरि खुशी रहन सक्षम हुन्छन् ।

खुशी  कसरि रहने ?
हामीलाई थाहा छ खुशीले स्वास्थ्य र दीर्घायुपन बढाउन सक्छ , त्यसैगरी खुशीले  सामाजिक प्रगति र सार्वजनिक नीतिहरूको सफलता मापन गर्न सक्छ । तर खुशी तपाईलाई मात्र हुने कुरा होइन। हाम्रो  आनीबानी,  वरपर र हाम्रो सम्बन्धमा हुने  साना परिवर्तनहरूले हामीलाई सुखी जीवनको  प्रत्याभूति गराउन सक्छ। केहि मानिसहरु प्राकृतिक रुपमै खुशी रहन सक्छन् । त्यसै गरि खुशी अनुभूति गर्न तपाईले गर्न सक्ने केहि सामान्य कुराहरु तल दिइएको छ : 




क. आंतरिक लक्ष्यहरूको पछि लाग्नुहोस्
तपाइको मनले राखेको लक्ष्यहरू प्राप्त गर्नु प्रेरित रहनुहोस् । यसो गर्नाले सन्तुस्ट हुन गइ तपाइले खुशी प्राप्त गर्न सक्नुहुन्छ । व्यक्तिगत बृद्दि र सामाजिक सम्ब्रिद्दी हासिल गर्न राखिने यस्ता लक्ष्यको पूर्तिले खुशीलाई बढाउन मद्दत गर्दछ। अनुसन्धानले सुझाव दिए अनुसार प्रेरित लक्ष्यहरूको पछि लाग्दा  सुख वा पैसा कमाउने जस्ता बाह्य लक्ष्यहरूको पछि लाग्ने भन्दा बढी आनन्द पाउन सकिन्छ ।

ख. महत्वाकांक्षाको समयमै उचित व्यवस्थापन गर्नुहोस् 
हुन त जीवनमा अघि बढ्न एक तरिकाले महत्वाकांक्षी हुन समाजले प्रेरित गर्ने गरेको छ । तर गहन रुपमा  आफ्नो योग्यता, क्षमता र श्रोतको मनन गरि पूर्ति हुन सक्ने लक्ष्य राखी महत्वाकांक्षाको व्यवस्थापन गर्न सक्नु पर्छ । समयमा हातमा पैसा र अन्य श्रोत हुँदा महत्वाकांक्षा बढ्न जान्छ जुन विषम परिस्थितिमा पूर्ति गर्न सकिदैन । त्यसै गरि कहिले पनि देखासिकी गर्नु हुँदैन । सायद त्यहि भएर नेपालीमा घाँटी हेरेर हाड लिल्नु भनिएको हो । 

ग.   सुखद क्षणको आनन्द लिनुहोस्
अध्ययनहरूले  देखाए अनुसार मानिसहरू कमाईमा बढी झुकाव राख्छन् — तिनीहरू धन जम्मा गर्नमा यत्तिको केन्द्रित हुन्छन् कि उनीहरूले वास्तवमै आफूले गरिरहेको कुराको मजा भुल्छन् । आफ्नो खुशीलाई तिलान्जली दिंदै चाहिने भन्दा बढी आर्जन गर्न मूर्खतापूर्ण कदम चाल्नको सट्टा जम्मा हुनुको साटो तपाईसँग भएको कुराको लागि कृतज्ञता जनाउदै त्यसमै आनन्द खोज्नुहोस् ।

घ.  नकारात्मक सोचाइलाई उचित व्यवस्थापन गर्नुहोस्  
तपाईं निराशावादी दृष्टिकोणमा डुब्दै हुनुहुन्छ वा नकारात्मकता अनुभव गर्दै हुनुहुन्छ भने, तपाईंको विचारहरूलाई अझ सकरात्मक तरीकाले पुन: पूर्ति गर्न सक्ने तरिकाहरू खोज्नुहोस्। हुन त मानिसहरुसँग एक प्राकृतिक नकारात्मकता, पूर्वाग्रह वा खराब चीजहरुमा बढी ध्यान दिने प्रवृत्ति छ। यसले तपाइको निर्णय लिने क्षमता देखि तपाइले प्रभाव जमाउने मानिस सबैमा प्रभाव पार्दछ। संज्ञानात्मक विकृतिको कारण मान्छे नकारात्मकतामा  बढी केन्द्रित भै  र सकारात्मकता लाई  बेवास्ता गर्दा पुरै समाज छिन्न भिन्न भएको छ । यसको सट्टा, तपाइको जीवनमा हुने घटनाहरूमा थप सन्तुलित र यथार्थपरित दृष्टिकोण लिने प्रयास गर्नु पर्दछ । धैर्यताको विकास गर्दै यसले तपाइँको सोचमा केहि गर्ने चाहमा बृद्दि गराई नकारात्मक विचारहरूलाई चुनौती दिन सहयोग गर्दछ । खुशी अक्सर भित्रबाट आउँछ। नकारात्मक विचारहरू कसरी नियन्त्रण गर्ने र सकारात्मक सोचको विकास गरि अघि बढ्नुहोस् ।

ङ.         आफैलाई साथीको जस्तो व्यवहार गर्नुहोस्। 
जब तपाईंले आफ्नै बारेमा नकारात्मक महसुस गर्दै हुनुहुन्छ भने त्यो अवस्थाबाट निस्कन आफैलाई सोध्नुहोस् कि तपाईंले  के सल्लाह दिनुहुन्छ? अब  सो सल्लाह लागू गर्ने प्रयास गर्नुहोस्।

च.   नियमित व्यायाम  गर्नुहोस् 
व्यायामले  तपाईंको शरीर र दिमाग दुबैलाई राम्रो गर्दछ । शारीरिक गतिविधिले  शारीरिक मात्र नभई मनोवैज्ञानिक लाभ समेत दिन्छ। अध्ययनहरूले देखाए अनुसार नियमित व्यायामले उदासिनताका लक्षणहरूलाई रोक्नको लागि  र मानिसहरूलाई खुशी  पार्न समेत भूमिका खेल्न सक्छ । अहिलेको विषम परिस्थितिमा हाम्रो ध्यान अन्त मोड्न र शारीरिक फाइदा र मानसिक सन्तुलन कायम राख्न व्यायामलाई हाम्रो जीवन पद्दतिको अभिन्न हिस्सा बनाउनु पर्दछ ।

विज्ञानले पुरानो अभ्यासको फाइदा वास्तविक छ भनेर प्रमाण दिन शुरु गरिरहेको छ। अध्ययनहरूले पत्ता लगाए अनुसार सास फेर्ने अभ्यासहरूले चिन्ता, अनिद्रा, पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर, डिप्रेसन  जस्ता समस्याहरुलाई कम गर्न मद्दत गर्दछ। शताब्दीयौंदेखि योगीहरूले सांस नियन्त्रण वा प्राणायाम, एकाग्रतालाई बढावा दिन र जीवन शक्ति बढाउन प्रयोग गरिरहेका छन्। बुद्धले समेत  ज्ञान प्राप्त गर्ने माध्यमको रूपमा सास-ध्यानको वकालत गरे।

छ. कृतज्ञताको विकास गर्नुहोस् 
तपाइलाई सहयोग गर्ने व्यक्ति वा वस्तु वा अवस्था प्रति सधै कृतज्ञ रहनुहोस्।यसले तपाइलाई सकारात्मक उर्जा दिन्छ जुन खुशी हुनको लागि एकदम महत्वपुर्ण छ ।

ज.  जीवनमा सहि उद्देश्य लिनुहोस्  
अनुसन्धानले पत्ता लगाएको  अनुसार उदेश्यहिन मान्छे भन्दा जीवनमा केहि उद्देश्य भएको मान्छेले आफुलाई मानसिक रुपमा स्वास्थ्य र  सम्पन्न भएको महसुस गर्छन् । तपाइले राख्ने उद्देश्यको भावनाले जीवनलाई लक्ष्य, दिशा, र अर्थ दिन सहयोग गर्दछ। यसले  गर्दा स्वस्थ व्यवहारलाई बढावा दिदै खुशी बन्न मद्दत गर्दछ।

 उद्देश्यको भावना पत्ता लगाउन सहयोग पुर्‍याउन केहि चीजहरू:
·       तपाईको रूचि र आवेगको अन्वेषण गर्नुहोस्
·      व्यावसायिक र परोपकारी कार्यहरुमा संलग्न हुनुहोस्
·       अन्यायलाई सम्बोधन गर्न कार्य गर्नुहोस्
·       नयाँ चीजहरूको खोजी गर्नुहोस् जुन तपाईं अझ बढी जान्न चाहानुहुन्छ

उद्देश्यका यी  भावनाहरु  विभिन्न कारकहरूद्वारा प्रभावित हुन्छ, तर यी सवैलाई तपाईंले व्यवस्थापन गर्न सक्ने कुरा हो। यसमा तपाईले गहन रुपमा ख्याल गर्नु भएको उद्देश्य पनि समावेश छ  जसले तपाइँलाई लक्ष्यतिर लम्काइ उत्पादक र सकारात्मक कार्यहरूमा संलग्न गराउँछ।

झ.  मन हलुका बनाउन केहि लेख्नुहोस्
आफ्नै बारेमा  वा व्यक्तिगत अनुभवहरू लेख्ने गर्दा मन हलुका भै तपाइको खुशीमा सुधार गर्न सक्छ। केही अनुसन्धानले  भने अनुसार दिनको १५ मिनेट आफ्नो व्यक्तिगत डायरीमा लेख्दा समग्र खुशी र कल्याण को बढावा गर्छ किनभने यसो गर्नाले हामीलाई भावनाहरु व्यक्त गर्न, परिस्थितिलाई ध्यानमा राख्न र भित्री द्वन्दको  समाधान गर्न अनुमति दिन्छ। हामी सबैको व्यक्तिगत कथन हुन्छ जसले विश्व र  आफु प्रति रहेको हाम्रो दृष्टिकोणलाई आकार दिन्छ। तर कहिलेकाँही हाम्रो भित्री आवाजले यसलाई सहि तुल्याउँदैन। आफ्नै कथाहरू लेखेर र सम्पादन गरेर, हामीले आफ्नो धारणा बदल्न सक्छौं र हाम्रो व्यक्तिगत हितको बाटोमा अवरोधहरू पहिचान गर्न सक्छौं।
·        तपाईंको संघर्षको बारेमा एक संक्षिप्त कथा लेख्नुहोस्।
· अब तटस्थ अवलोकनकर्ताको दृष्टिकोणबाट सो अवस्थालाई समाधान गर्न र साथीलाई प्रोत्साहन गर्न नयाँ कथा लेख्नुहोस्।




2 Comments:

At June 7, 2021 at 7:00 AM , Blogger Shilpa Devkota said...

सबै पढे, एकदमै राम्रो सर, आहिलेको समयमा अत्यवश्यक भनेकै मनमा एकाग्रता र आत्मसन्तुष्टि जस्तो लाग्छ |

 
At March 1, 2022 at 6:24 AM , Blogger Nabaraj Dawadi said...

Simply awesome 🥰
We are truly grateful to have such an wonderful teacher in our life ❤️❤️

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home