Thursday, June 18, 2020

रसायनिक विषादीको प्रयोगको बारे एक चोटी सोचौ



विषादी भनेको के हो ?


विषादी भनेको रसायनिक वा जैविक पदार्थ हो जसले कीटढुसीजीवाणुमुसाझारशंखे किरानेमतोड़ वा अन्य उपद्रो गर्ने जनावरहरुलाई निरुत्साहित गर्छअसक्षम बनाउँछवा मार्छ।  नेपाल सरकारको विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम संचालन निर्देशिका२०७५ अनुसार विषादी भनेको निम्न अनुसार बुझ्न पर्दछ :  



तर रसायनिक विषादीले उपयोगी बोटबिरुवा र कीराहरूजनावरहरू र मानिसहरु सहित अन्य जीवित प्राणीहरुमा विषाक्त असर पुर्याई मार्न सक्छन् साथै माटोपानी र हावालाई प्रदुषित गर्न सक्छन् । मानवले प्रकृतिको संरचनालाई निरन्तर खण्डित बनाउदै लागेको छ । कृतिम हर्मोन, रसायनको प्रयोगले मानव उर्जाको मुख्य श्रोत दुषित भएको छ । १९३६मा जर्मनीमा फस्फोरस र साइनाइड मिलाएर एउटा विषालु यौगिक बनाइयो । DDT १९४०को दशकमा चमत्कारिक भन्ने अमेरिकाले १९७५ तिर प्रतिवन्ध लगायो ।६ ठूला कम्पनीले संसारको ७५ प्रतिशत विषादी उत्पादन गर्छन्। हाल नेपालमा १७० प्रकारका विषादी ३०३५  भन्दा बढी ट्रेडमार्कका माध्यमले बिक्री हुन्छन्


नेपालमा विषादीको प्रयोग को अवस्था कस्तो छ ?
हाल नेपालमा १७० प्रकारका विषादी ३०३५  भन्दा बढी ट्रेडमार्कका माध्यमले बिक्री हुन्छन् नेपालमा मलेरिया उन्मुलनको लागि सन् १९५० मा विषादीको आयात गरिएको इतिहास छ तरकारीमा धेरै मात्रामा विषादी प्रयोग हुने गरेको छ । विषादीको प्रयोगमा हाम्रा दुइ छिमेकि मध्ये भारत १० नम्बर र चीन १ नम्बरमा रहेका छन्  । हाम्रो देशमा यी दुवै देशबाट ठुलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ । भारतबाट भारतबाट ठुलो परिमाणमा टेस्ट नभई तरकारी र फलफुल आयात हुने गरेको छ कालीमाटीको ६९% तरकारी र फलफुल  भारतबाट निर्यात हुन्छ नेपालकै तराई मा सबै भन्दा धेरै प्रयोग विषादीको प्रयोग हुन्छ भण्डारी र उनका सहकर्मीले अध्ययन गर्दा ९३% भन्टा र सबै खुर्सानी र टमाटरमा अवशेष रहेको, तोकिएको मात्रको अवशेष भन्दा बढी रहेको र ७ वटा सम्म विषादीको अवशेष भेटिएको थियो हाम्रो देशमा कारवामेट र अर्गानोफसफेटको मात्र परिमाण जाच्न सकिने तर १२ थरिको तरकारीमै प्रयोग भै रहेको छ





नेपालमा २०७५/८/२9 सम्म दर्ता गरिएको विषादीको अवस्था यस प्रकारको छ :


क्र. स.
विषादीको प्रकार
ट्रेड नाम
साधारण नाम
विश्व स्वास्थ्य संगठनको बर्गिकरण
किटनाशक (Insecticide)
१६३५
६०
IB: १, II: ३९, III: १०, NC: १, U: ५
सुलसुले नाशक (Acaricide)
२८
II: ३९, III: १०, NC: १ , U:५
ढुसी नाशक (Fungicide)
७४६
४२
II: १५, III: ५ , U:२२
जीवाणुनाशक (Bactericide)
१७
NC:१
झार नाशक (Herbicide)
४३६
३०
II: ११ , III:७ , U:१२
मुसा नाशक (rodenticide)
३८
Ia: १ , Ib: १
शंखेकिरा नाशक (Molluscide)
II:१
जैविक विषादी (Biopesticide)
११३
१४
III: १ , U:१३
9
जुका नाशक (nematicide)
III: १
१०
जडिबुटी (herbal)
१९
१३
U: १३

जम्मा
३०३५
१७०



WHO ले विषादीको खतरा लाई निम्न अनुसारले वर्गीकरण गरेको छ :
·         पहिलो ए (Ia): अत्यन्त खतरनाक
·         पहिलो बि (Ib) : खतरनाक
·         दोस्रो (II): मध्यम खतरनाक
·         तेस्रो  (III): सामान्य खतरनाक
·         U/NH: अपेक्षाकृत सुरक्षित

हाम्रो नाजुक अवस्थाको केहि उदाहरण यस प्रकार छ :
·         २०७३ माघ ५ भारतबाट आउने गोलभेडाको नमुना परीक्षणको नतिजाअनुसार ८३.१८ प्रतिशत विषादी भेटिएको छ । जब कि कुनै फलफूल तथा तरकारीमा यस्तो मात्रा ४५ प्रतिशतभन्दा धेरै भएमा खान अयोग्य हुन्छ र यसलाई बिसर्जन गर्नुपर्ने कालीमाटी बजारकै सूचनामा उल्लेख छ।
·         पर्साबाट आएको काउलीमा पनि झन्डै ५३ प्रतिशत विषादी देखिएको कालीमाटी बजारको तथ्यांकमा उल्लेख छ ।
·         तोकिएको भन्दा बढी मात्रामा प्रयोग गर्ने, विषादी हालेर तुरन्त प्रयोग गर्ने, इन्डोसल्फान जस्ता माछा मार्न प्रयोग गर्ने, डाइक्लोरभस र मालाथियोन प्रयोग गरि जुम्रा मार्ने, गाइ वस्तु को किर्ना मार्न इन्डोसल्फान को प्रयोग  गर्ने, विषादी हालेर रक्सि बनाउने, रायो साग, टमाटर, बैगुन मालाथियोनमा डुबाएर ताजा र चम्किलो देखाउने , मेंकोजेवमा डुबाएको टमाटर र  बैगुन, रंग हालेको बैगुन र  परवार, कार्वाएडमा पकाएको फलफुल वेच्ने, सुत्ने कोठामै अल्मुनियम फोस्फाइड को प्रयोग र भण्डार गर्ने , प्रयोग गरेको भाडोको अनुचित व्यवस्थापन, सुरक्षाका उपकरण (PPE ) विनै विषादीको प्रयोग गर्ने चलन व्याप्त छ ।





नेपालमा प्रतिवन्धित विषादीहरु
विषादीको नाम
प्रतिवन्धित बर्ष (सन्)
क्लोरडेन (Chlordane)
२००१
डाइएल्ड्रीन  (Dieldrin)
२००१
एलड्रीन (Aldrin)
२००१
मिरेक्स (mirex)
२००१
लिंडेन (lindane)
२००१
फोस्फामिड़ोन (Phosphamidon)
२००१
डीडीटि (DDT)
२००१
एन्ड्रीन (Endrin)
२००१
हेप्टाक्लोर (Heptachlor)
२००१
बेन्जिन हेक्सा क्लोराइड (BHC)
२००१
ओर्गानो मर्क्युरी क्लोराएड ( Organo mercuric chloride)
२००१
टोक्साफेन (Toxaphen)
२००१
मोनोक्रोटोफस (monocrotophos)
२००६
मिथाइल पाराथियोन (Methyl parathion)
२००६
इन्डोसल्फान (endosulphan)
२०१२
फोरेट (phorate)
२०१५
कार्बोफूरान (Carbofuran)
२०७७/9/16 सम्म प्रयोग गर्न पाइने   
डाइक्लोरभस (Dichlorvos)
२०७७/9/16 सम्म प्रयोग गर्न पाइने   
ट्राइएजोफस (Triazophos)
२०७७/9/16 सम्म प्रयोग गर्न पाइने   
कार्वारिल (Carbaryl)
२०७७/9/16 सम्म प्रयोग गर्न पाइने   
बेनोमाइल (Benomyl)
२०७७/9/16 सम्म प्रयोग गर्न पाइने   
कार्बोसल्फान (Carbosulphan)
२०७८/४/१९ सम्म प्रयोग गर्न पाइने   
डाएकोफल (Dicofol)
२०७८/४/१९ सम्म प्रयोग गर्न पाइने   
एलमुनियम फस्फेट (Alumuniumphosphate)
२०७८/४/१९ सम्म प्रयोग गर्न पाइने   

विषादी प्रयोग गर्दा समय, मात्रा, किसिम र सावधानीबारे पर्याप्त सचेतना नहुँदा किसान स्वयं समेत क्यान्सर जस्ता कडा रोगको बढी जोखिममा परेका छन् । रासायनिक विषादीको न्यूनीकरणका लागि कार्यक्रम तथा वैकल्पिक प्रविधिहरुको प्रचारप्रसार समेत हुने गरेको छ तर ती प्रविधि र वैकल्पिक विषादीहरु सर्वसुलभ नभएका कारण अहिले पनि रासायनिक विषादी प्रयोग गर्नेको संख्यामा कमी आइसकेको छैन ।सजिलो छाडेर अप्ठेरोमा जान किसानहरु चाहँदैनन्।दोस्रो कुरा, जैविक विषादी जसरी पायो त्यसरी राख्न मिल्दैन। त्यसको तापक्रम मिलाउनु पर्छ। ती त्यति सहज उपलब्ध पनि छैनन् अनि तिनले छर्ने वित्तिकै तुरुन्तै परिणाम पनि दिंदैनन्। त्यसैले किसानहरु त्यति आकर्षित भएका पाइंदैन। विषादी न्यूनीकरणबारे जनचेतना जगाउने कार्यक्रमहरु देशका कुनाकाप्चामा रहेका किसानसम्म पुग्नुपर्ने जानकारहरु बताउँछन्।

विषादीको अनियन्त्रित प्रयोगबाट हुने असरहरु






दुधमा, रगतमा र हावामा अवशेषहरु देखिनु पक्कै राम्रो हैन ।

हत्केलाको तुलनामा योनी, टाउको, निधार, भुडी, पैताला र हत्केलाले बढी विषादी सोस्न सक्ने हुनाले सुरक्षाका उपकरणहरु प्रयोग गर्नु पर्ने हुन्छ । माथिको चित्रमा पाखुराको सोस्ने क्षमता(१) मानी अरु अंगहरुको सोस्ने क्षमता देखाईएको  छ ।

तलको चित्रमा विषादीको प्रयोग पछि भारतको कासरगोडुमा देखिएको असर देखीएको छ । Endosulphan अनियन्त्रित रुपमा २६ बर्ष सम्म निरन्तर लाउदा एस्तो देखिएको थियो । के हामीले एस्तै चाहेका छौ ??
वा भोपालमा Methyl Isocyanide ले पारेको यो त्रासदीबाट केहि सिक्न खोज्दैनौ?


वातावरण र खाद्य श्रंखलामा विषादीको चक्र र असरहरु पर्न सक्छन् जुन कुरा तल दिईएको छ :
      विषादीको केहि अंश सुर्यमा हुने परावैजनी विकिरणले विचलित गर्दछ
      विषादीको केहि अंश वातावरणमा उडेर गइ पुरै वातावरण लाई प्रदुषित गर्दछ
      वातावरणमा उडेर गएको विषादी वर्षातको पानी संगै पुन जमिनमा आउछ
      पानी संगै जरामा जम्मा हुन्छ
      पानीको स्रोतहरूमा पुग्छ, जनावरलाई असर गर्छ
      रसायनिक प्रक्रिया व्याक्टेरियाले असर कम गर्छ
      केहि मात्रा माटोको कणसंग टासिएर लामो समय सम्म रहन्छ
      खाद्यान्नमा पनि केहि मात्रा मा रहेको हुन्छ
      USDAको एक अध्ययन अनुसार % मात्र तोकिएको ठाउँ सम्म पुग्छ
वातावरणमा पर्ने असरहरु यस प्रकार छ
      हावामा प्रदुषण
      पानीमा प्रदुषण
      माटोको जैविक विविधतामा कमि
      वोटविरुवामा असर: pentochlorophenol ले nodulationमा असर
      जनावरलाई असर :चरा, गड्यौला, किराहरु (माहुरी)
q  DDT ले जिनमा, अन्डाको बाहिरी पत्रमा नकारात्मक असर पुर्याउछ
q  Paraquat: कोरल्ने क्षमतामा कमि , गेनेटिक असर हुन्छ
q  Organophosphate: thyroid, acetylcholine esteraseलाई रोकेर मार्ने, पानीमा पाउने जनावरको  thermoregulation हुन दिदैन
q  Carbamate: इम्मुनिटी, thermoregulation हुन नदिने , acetylcholine esterase लाई रोक्छ
q  Para Thyroid: माहुरी, गाइने किरा माछालाई असर गर्छ
      किराहरुको प्रतिरोध क्षमता बढ्ने (५२० किरा, १५० वालिका रोग, १० मुसा: super bugs; १७ वटा कीरालाई मुख्य किटनाशकले नछुने
      साधारण किरा मुख्य किराको रुपमा देखा पर्ने (scale insects)
रिचेल कार्सनले सन् १९६२मा सर्वप्रथम विषादीको असरको बारेमा आफ्नो किताब मार्फत बोलेकी थिईन् 

जानकारीको श्रोत
सन् २०१३मा बारा, धादिंग काभ्रेमा अध्ययन गर्दा शर्माले  बताए अनुसार अनुसार किसानको लागि एग्रोभेट जानकारीको मुख्य श्रोत हुन् त्यसैले विषादीको नियन्त्रित प्रयोग गर्न उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ ।त्यसैगरी उनीहरुको उचित नियमन गर्न आवस्यक छ ।
ü  साथीभाई/ आफन्त : ३३.%
ü  जेटी/जेटिए : २७%
ü  एग्रोभेट: ५४.%
ü  समाचार/रेडियो : %
सोहि अध्ययन अनुसार ४१% किसानले मात्र सुरक्षाको उपायको प्रयोग गरेको पाइयो जसमा मास्क, सुरक्षित कपडा, बुट र पन्जा लाउने किसान निम्न अनुसारका थिए :
q  मास्क: १८%
q  कपडा: १७%
q  बुट: %
q  पन्जा: %
q  सरदर २६% ले अझै पनि विषादीलाई औषधिको रुपमा बुझ्छन्नेपालको धेरै ठाउँको अवस्था यस्तै
नेपाल सरकारले विषादीको असरको बारेमा सचेतना फैलाउने उदेश्यको साथ २०७५ फागुन ६ देखि १२ सम्म विषादी मुक्त सप्ताह मनाएको थियो जसमा दिईएको केहि जानकारी यस प्रकार छ :







नेपाल सरकारले विषादीको मात्रा कसरि जाच्छ :






      गएको पुस माघमा सर्लाही जिल्लाबाट आएको तरकारीका वटा नमुनामा रोकावट दर ४५ प्रतिशतसम्म भेटियो
      धादिङको ब्रोकाउली हिउँदे सिमीका दुई ओटा नमुनामा भने रोकावट दर ४५ प्रतिशतभन्दा उच्च पाइएपछि नष्ट गरिएको
      विषादी अवशेष द्रुत विश्लेषण इकाईले छोटो समयमा तरकारी तथा फलफूलको परीक्षण गरेर नतिजा दिनु पर्ने हुन्छ त्यसैले यो प्रयोगशालाले तरकारी तथा फलफूल मानव शरीरका लागि उपभोग योग्य कि छैन भन्ने बारे परीक्षण गर्छ नतिजा प्रतिशतमा दिने गर्छ यसलाई नै रोकावट दर(Inhibition %)  भनिन्छ

निम्न अनुसारको १० वटा वालीको लागि अधिकतम विषादी अवशेषको सिमा प्रस्तावित गरिएको छ :
      स्याउ
      केरा
      करेला
      भन्टा
      बन्दा
      काउली
      भिंडी
      टमाटर
      चिया
यसको बारेमा आधिक जानकारीको लागि  माथि चित्रमा देखाईएको वेबसाइटमा जान सुझाव छ
नीतिनियम मार्फत पनि केहि प्रयास भएका छन् ।



तर उपभोक्ता सचेतना आवस्यक छ:
      विषादीको असर खेप्ने भनेको उपभोग गर्ने उपभोक्ता नै हुन् 
      आखाले हेरेर पत्ता लगाउन सकिदैन । 
      घरमै असर कम गर्ने उपायहरु छन् । 
      प्रत्येक वर्ष मार्च १५ मा उपभोक्ता अधिकार दिवस त मनाइन्छ तर सचिक्कै प्रभावकारी छ त् ?
      आखाको भरमा गुण र दोष छुट्याउन सकिन्न तर विज्ञहरुले केहि उपाय सुझाएका छन्:
ü  विषादी हालेको तरकारी चिल्लो र किरा नलागेको हुन्छ ।
ü  विषादी हालेको तरकारीमा विषादीको गन्ध पनि आउन सक्छ । 
ü  विषादी हालिएको तरकारी तथा फलफूल धेरै चिल्लो देखिने, ताजा हुने, टल्केको र चम्किलो देखिने हुन्छ ।
ü  कुनै किरा नलागेको र प्राकृतिक रङ हुनुको साटो धेरै हरियो देखिने तरकारीमा पनि विषादी हालिएको हुन सक्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
फलफुलमा पकाउन प्रयोग गरिने कारबाइड किन हानिकारक ?

      आर्सेनिकको अवशेष हुन्छ
      क्यान्सर गराउन सक्छ
कार्वाएड हालेर पकाईएको फल कसरि चिन्ने?
पुष्टि नभएपनि केहि विज्ञले भनेको अनुसार निम्न अनुसारले चिन्न सकिन्छ :
      फल पहेलो देखिएपनि हरियो भेट्नो भएमा, प्राकृतिक रुपमा पाकेमा कालो भेट्नो हुन्छ

      बोक्रामा सेतो धुलो/ धब्बा : कारवाइड हुन सक्छ
      चाडै ठुलो आकारको कालो वा खैरो धब्बा आएमा 
      एकैनासले पाकेको हुदैन (कतै गिलो, कतै सार्हो हुन्छ  ) 
      प्राकृतिक रुपले पाकेको  फल पानीमा डुब्छ

      रसायन हालेर पाकेको फल रसिलो र गुलियो हुदैन
      एकै नासको गाढा पहेलो : रसायन हाली पकाएको  भन्ने बुझ्न पर्छ

      पहेलो बोक्रामा अलि अलि हरियो भएमा  रसायन हाली पकाईएको हुन्छ

अर्को उपायबाट पनि थाहा पाउन सकिन्छ जुन यस प्रकार छ :
      फलफुलको नजिकै सलाई कोर्ने
      यदि फलफुलमा चम्किलो झिल्का देखियो भने कार्वाइड ले पकाएको हुन्छ  किनभने  कार्वाइडबाट एसीटाइलिन ग्यास निस्किन्छ
      प्राकृतिक रुपमा पाक्दा इथाइलिन निस्किन्छ
      एसीटाइलिनले आगो समात्छ तर इथाइलिनले समात्दैन
      साबधान: आगो लाग्न सक्छ

ल्यावमा टेस्ट गर्न पनि सकिन्छ :
      Cupric chloride: .  ग्राम, Ammonium Chloride ग्राम, २० ml ammonia झोल अनि ३० ml पानी  हाल्ने
      Hydroxyl hydrochloride लाई ५० ml पानीमा राख्ने
      २० ml पहिलो घोल ४० ml दोस्रो घोल मिसाउने
      Wattman नो. फिल्टर पेपरलाई त्यसमा डुबाउने
      फलफुल नजिकै राख्ने
      खैरो-बैजनी वा रातो-खैरो रंग देखियो भने कार्वाइड हालिएको भन्ने बुझिन्छ
चंदेल, शर्मा र गुप्ताको २०१७को  अध्ययन अनुसार घरायसी तरिकाले पनि विषादीको अवशेष कम गर्न सकिन्छ जुन एस प्रकार छ:
      २% नुनको घोलमा केहि समय (१०-१५ मिनेट)  राखेर धारामा राम्रो संग पखाल्ने
      २% सोडियम बाइकार्बोनेट वा एग्री बायोसफ्ट झोलमा डुबाउदा अवशेष कम हुने 
      टमाटर, भिंडी, भन्टा, आप, अंगुरलाई ३ पटक सम्म राम्रो संग पखाल्ने
      तरकारीलाई राम्रो संग पखालेर तातो पानी वा बाफमा राख्ने
       बोक्रा तासेर खाने
      माछामासु खादा छाला र बोसो नखाने
      सिजन अनुसारको खाने
      विविधिकृत खानपान  गर्ने
      केहि दिन  राखेर मात्र खाने
      १०% भिनेगर र ९०% पानीको घोलमा तरकारीलाई डुबाएर राम्रो संग पखाल्ने
      बन्दा जस्ता तरकारीको वाहिरी पत्र फाल्नुहोस
      साबुन, सर्फ प्रयोग नगर्ने
      ५०० ml पानीमा  एक चिम्टी पोटासियम परम्याग्नेट राखेर तरकारी र फलफुल राखी राम्रो संग पखाल्नुहोस्
      पखाले पछि सुक्खा कपडा र कागजले राम्रो संग पुच्ने
      अनियन्त्रित विषादीको प्रयोग नगर्ने
      अर्गानिक उत्पादन गर्ने

विषादीको सहि छनोट गरौ
विषादीको बट्टामा निम्न अनुसारको रंगको आधारमा खतराको संकेत गरिएको हुन्छ :
·         रातो: अत्यन्त खतरनाक
·         पहेलो: खतरनाक
·         निलो: सामान्य खतरनाक
·         हरियो: अपेक्षाकृत सुरक्षित


त्यसैले निलो र हरियो रंग संकेत  भएको विषादीको छनोट गरौ

विषादीको लेबल राम्रो संग पढौ किनभने यसमा निम्न जानकारी हुन्छ :
      प्रयोग गर्ने बिधि
      सावधानीको उपाय
      प्राथमिक उपचार
      भण्डारण गर्दा ध्यान दिनु पर्ने कुराहरु
      पर्खनु पर्ने समय
      असरको चिन्ह
र अन्त्यमा
आफु पनि बाचौं अरुलाई पनि बाच्न दिउँ



4 Comments:

At June 18, 2020 at 6:42 AM , Blogger Unknown said...

very informative sir

 
At June 19, 2020 at 6:22 AM , Blogger Bikash Poudel said...

Incredible !
Thank you Sir...

 
At June 19, 2020 at 6:47 AM , Blogger Unknown said...

Very informative,
Thank you sir...

 
At June 20, 2020 at 6:31 PM , Blogger ललित said...

यो हेरे पछि अन्त कतै जान परेन😍

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home