मनका भाव पोख्दै छु
त्यो समय न कुनै चिन्ता थियो न कसै प्रति दुरभाव
न भविष्यको चिन्ता थियो न केहि गर्ने प्रादुर्भाव
आज मन वेचैन छ , पिडा दन्किन्छ मुटुभित्र
कालो वादल लागेको छ, धुमिल छ मानचित्र
खुट्टा तान्ने आफ्नै, गिज्याउने पनि नजिकका
आशा गर्छु म हात्ती, फाल्दै हिड्छन् सिक्का
तर पनि मेरो जीवन , आफ्नो वेगले चल्दै जान्छ
उर्लदै गएको खहरेले , मनको मैलो बगाएर लान्छ
त्यसैले त म जे छु, जस्तो छु त्यसैमा छु खुसी
जीवन जगतमा मान्छे चिन्नु खसी किन्नु, हुनु किन दुखि
समय भन्दा बढी न आउछ न आउछ कम
आफ्नो कर्ममा एकाग्र रही दत्तचित्त रहू हरदम