Friday, July 8, 2022

के हो नैरोवी फ्लाई?

पछिल्लो समय नैरोबी फ्लाई नाम गरेको किराको तस्बिर र यसको प्रकोपमा परेका व्यक्तिहरुले सामाजिक संजाल छाइरहेको छ  सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । वास्तविक प्रकोप भन्दा अलि बढी नै आक्रान्त भएको हो नि भन्ने भान पनि परेको छ । विशेष गरि पूर्वी नेपालमा यसको प्रकोप परेको समाचार आइ रहेको सन्दर्भमा विभिन्न सन्दर्भ सामाग्रीमा रहेको जानकारी र केहि किटविज्ञ संग अनौपचारिक कुराकानीको आधारमा यस सम्वन्धि केहि जानकारी यहाँ प्रस्तुत गरेको छु । साधारणतया यो लाभकरी किरा हो, खेत वारीका अन्य किराहरुलाई यसले रोकथाम गर्न सहयोग गर्छ । अहिले देखिएको समस्या भन्दा यसको पर्यावरणीय भूमिका अधिक छ  । तरपनि यसको संसर्गमा आउदा केहि सावधानी अपनाउनु पर्छ ।

परिचय:

"नैरोबी फ्लाई" ले २ पूर्वी अफ्रिकी बीटल प्रजातिहरू वर्णन गर्दछ, Paederus crebinpunctatus Paederus sabaeusदुबै प्रजातिले तीव्र, पीडादायी विषाक्त जलन, सुजन र छालामा घाउ निम्त्याउँछ। अफ्रिकामा यसको समस्या पहिले देखि भए पनि नेपालको लागि यो नौलो समस्या हो



यदि यो किरा मान्छेको शरीरमा बसेको खण्डमा बिस्तारै उडाउनुपर्छ वा टकटक्याउनू पर्छ र यसलाई चलाउनु वा छुनु हुँदैन। साधारण त यो झरीको बेला देखा पर्छ अनि रातको समयमा झ्याल ढोका राम्रो संग बन्द नगर्दा पनि यो घरभित्र पसेर हाम्रो छालासित सम्पर्कमा आउने गर्दछ । हाल यो किरा भारतको  सिक्किम, दार्जिङ, कालिम्पोङ, पेदोङ, सिलिगुडिका विभिन्न ठाउँहरु हुँदै नेपालको झापा, मोरंग र अन्य ठाउँ हरु पनि देखिएको छ।

यो किराले आफ्नो अण्डा राख्न र विकास गर्न  दलदलको ओसिलो, सडिरहेको वनस्पति, खेतहरू र ताजा पानी वरपरका क्षेत्रहरूमा  रुचाउँछ रातको समयमा, उज्यालो टावर र अन्य उज्यालो प्रकाश स्रोतहरूमा आकर्षित हुन्छन् विशेष गरी भारी वर्षा पछि वा बाढी आएपछि  आफ्नो वासस्थानबाट वयस्क बीटलहरू न्यानो रातमा  धेरै टाढा सम्म उड्न सक्छन् । वर्षाको समयमा यिनीहरुको जनसंख्या द्रुत रूपमा बढ्छ र सुख्खाको सुरुवात संगै कम हुदै जान्छ ।

पेडेरस बीटललाई कुचल्दा पेडीरिन नाम गरेको एमाइड निस्कन्छ जुन एक किसिमको विष हो । किराको गैर प्रोटिन श्राव मध्ये पेडीरिन लाई जटिल मानिन्छ । तर बीटलहरूले यसलाई आफै  उत्पादन गर्दैनन्। बरु, एक endosymbiont (शरीर भित्र बस्ने जीव वा अन्य जीवका कोशिकाहरू) ब्याक्टेरिया, स्यूडोमोनास एरुगिनोसा प्रजातिले उत्पादन गर्छ।

सबै Paederus प्रजातिहरूमा अध्ययन गर्दा , ९०% पोथी किराहरुमा पेडेरिनको मात्रा बढी हुने उल्लेख गरिएको छ (प्रति नमूनामा  लगभग 1-1.5 ग्राम) ।  यस्ता  सकारात्मक  पोथीहरुले मात्र आफ्नो पोथी सन्तानहरुमा  यो विशेषता हस्तान्तरण गर्छन्। लार्भा र भाले हरुले प्राप्त पेडेरिन भण्डारण गर्छन् ।

यसको संसर्गमा आए के  हुन्छ ?

·        पेडेरस बीटललाई चलाएमा  छालामा  तुरुन्तै केही असर नहुन सक्छ, तर सामान्यतया १२ देखि ३६ घन्टापछि चिलाउने, जलन, इरिथिमा र स्राव जस्ता  परिणाम देखिन थाल्छ।



·        यस अवस्थामा  घाउको  वास्तविक कारण पहिचान गर्न सकिँदैन, किनभने डर्मेटाइटिस पेडेरसको  हेमोलिम्फसँग सम्पर्क गरेको केही घण्टा पछि मात्र देखिन्छ।

·        जलनको  अनुभूति चीलाई भन्दा  बढी हुन्छ। रोगीहरूले विरलै दुखाइको गुनासो गर्छन्। २०% सम्म बिरामीहरूमा कुनै लक्षण विना छालाको घाउको देखिन्छ ।

·        पानी फोका घाउहरूमा विकसित हुन्छ जुन १  हप्ता भित्र सुक्छ र खैला बन्छ। निको हुने समय ७  देखि २८  दिन सम्मको हुन्छ, धेरै जसो चाही १४ २१ दिनमा  निको हुन्छन् ।

·         निको हुँदा विरामीहरुमा अवशिष्ट छाला विकृतिहरु  देखा पर्न सक्छ जसमा विकृति मध्ये  ८०% हाइपो पिग्मेन्टेशन र लगभग २० % हाइपरपिग्मेन्टेशन हुन्छ । दाग विरलै हुन्छ।

रोकथामका उपायहरू

·        पेडरिन डर्मेटाइटिसबाट बच्नको लागि पेडेरस सम्पर्क सीमित गर्नु सबैभन्दा प्रभावकारी निवारक उपाय हो।

·         विशेष गरी वर्षाको समयमा, जब किरा सक्रिय हुन्छ, अलि बढी ध्यान पुर्याउनु होस् ।

·        लामो बाहुला भएको  शर्ट, पाइन्ट र टोपी लगाउनुहोस् जसले  गर्दा यो र अन्य किराहरु छालाको सम्पर्कको सम्भावना कम गर्दछ ।

·        ढोका र झ्यालमा जाली लगाउनुहोस् । त्यस्तै सुत्ने वेला झुलको प्रयोग गर्नुहोस् ।

·        यसको अन्डा र लार्भा हुन सक्ने भएकोले झाडी हरु सफा गर्नुहोस्  ।  

·        सुत्नु अघि ओछ्यान वरपर सफा गर्नु होस।

·        यो  किराले  टोक्दैनन् । तर, यदि किरा  शरीरमा वस्यो  भने, त्यसलाई छुनु हुँदैन ।

·        जब छोइयो, वा कुचियो, यसबाट एसिड जस्तो विषाक्त पदार्थ निस्कन्छ जसको नाम मैले माथि नै उल्लेख गरेको छु

·        यदि यो खतरनाक रसायन  आँखामा रगड्दा आँखामा पुग्यो भने केही समयका लागि संक्रमित व्यक्ति अन्धोपनमा पनि जान्छन् । कसैलाई यसको बस्ने वा शरिरमा टाँसिएको थाहा भएमा यसलाई बिस्तारै उडाउनुपर्छ र त्यसपछि छालालाई साबुनले राम्ररी सफा गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।

·        किराको संसर्गमा आउने वितिक्कै धुनाले  धेरै विष निकाल्छ। पेडेरिनमा छालाको प्रतिक्रिया ढिलो हुन्छ र प्रारम्भिक एक्सपोजर पछि लक्षण देखिन १२-३६ घण्टा  लाग्न सक्छ।

·        घाउ हरु  भएको खण्डमा प्रारम्भिक उपचारमा चिसो, भिजेको कम्प्रेसहरू प्रयोग गर्न सकिन्छ भने त्यसपछि क्यालामाइन लोशन वा टोपिकल  कोर्टिकोस्टेरोइडको प्रयोग गरिन्छ ।