के हो नैरोवी फ्लाई?
पछिल्लो समय नैरोबी फ्लाई नाम गरेको किराको तस्बिर र यसको प्रकोपमा परेका व्यक्तिहरुले सामाजिक संजाल छाइरहेको छ सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ । वास्तविक प्रकोप भन्दा अलि बढी नै आक्रान्त भएको हो नि भन्ने भान पनि परेको छ । विशेष गरि पूर्वी नेपालमा यसको प्रकोप परेको समाचार आइ रहेको सन्दर्भमा विभिन्न सन्दर्भ सामाग्रीमा रहेको जानकारी र केहि किटविज्ञ संग अनौपचारिक कुराकानीको आधारमा यस सम्वन्धि केहि जानकारी यहाँ प्रस्तुत गरेको छु । साधारणतया यो लाभकरी किरा हो, खेत वारीका अन्य किराहरुलाई यसले रोकथाम गर्न सहयोग गर्छ । अहिले देखिएको समस्या भन्दा यसको पर्यावरणीय भूमिका अधिक छ । तरपनि यसको संसर्गमा आउदा केहि सावधानी अपनाउनु पर्छ ।
परिचय:
"नैरोबी फ्लाई" ले २ पूर्वी अफ्रिकी बीटल प्रजातिहरू
वर्णन गर्दछ, Paederus crebinpunctatus र Paederus sabaeus। दुबै प्रजातिले तीव्र, पीडादायी विषाक्त जलन, सुजन र छालामा घाउ निम्त्याउँछ। अफ्रिकामा यसको
समस्या पहिले देखि भए पनि नेपालको लागि यो नौलो समस्या हो।
यदि यो किरा मान्छेको
शरीरमा बसेको खण्डमा बिस्तारै उडाउनुपर्छ वा टकटक्याउनू पर्छ र यसलाई चलाउनु वा
छुनु हुँदैन। साधारण त यो झरीको बेला देखा पर्छ अनि रातको समयमा झ्याल ढोका
राम्रो संग बन्द नगर्दा पनि यो घरभित्र पसेर हाम्रो छालासित सम्पर्कमा आउने
गर्दछ । हाल यो किरा भारतको सिक्किम, दार्जिङ,
कालिम्पोङ, पेदोङ, सिलिगुडिका विभिन्न ठाउँहरु हुँदै नेपालको झापा,
मोरंग र अन्य ठाउँ हरु पनि देखिएको छ।
यो किराले आफ्नो अण्डा राख्न र विकास गर्न दलदलको ओसिलो, सडिरहेको वनस्पति, खेतहरू र ताजा पानी वरपरका क्षेत्रहरूमा रुचाउँछ ।रातको समयमा, उज्यालो टावर र अन्य उज्यालो प्रकाश स्रोतहरूमा आकर्षित हुन्छन् ।विशेष गरी भारी वर्षा पछि वा बाढी आएपछि आफ्नो वासस्थानबाट वयस्क बीटलहरू न्यानो रातमा धेरै टाढा सम्म उड्न सक्छन् । वर्षाको समयमा यिनीहरुको
जनसंख्या द्रुत रूपमा बढ्छ र सुख्खाको सुरुवात संगै कम हुदै जान्छ ।
पेडेरस बीटललाई कुचल्दा
पेडीरिन नाम गरेको एमाइड निस्कन्छ जुन एक किसिमको विष हो । किराको गैर प्रोटिन श्राव
मध्ये पेडीरिन लाई जटिल मानिन्छ । तर बीटलहरूले यसलाई आफै उत्पादन गर्दैनन्। बरु, एक endosymbiont (शरीर भित्र बस्ने जीव वा
अन्य जीवका कोशिकाहरू) ब्याक्टेरिया, स्यूडोमोनास एरुगिनोसा प्रजातिले उत्पादन गर्छ।
सबै Paederus प्रजातिहरूमा अध्ययन गर्दा , ९०% पोथी किराहरुमा पेडेरिनको मात्रा बढी हुने उल्लेख गरिएको छ (प्रति
नमूनामा लगभग 1-1.5 ग्राम) । यस्ता सकारात्मक पोथीहरुले मात्र आफ्नो पोथी सन्तानहरुमा यो विशेषता हस्तान्तरण गर्छन्। लार्भा र भाले हरुले प्राप्त पेडेरिन भण्डारण गर्छन् ।
यसको संसर्गमा आए के हुन्छ
?
·
पेडेरस बीटललाई चलाएमा छालामा तुरुन्तै केही असर नहुन सक्छ, तर सामान्यतया १२ देखि ३६ घन्टापछि चिलाउने, जलन, इरिथिमा र स्राव जस्ता परिणाम देखिन थाल्छ।
·
यस अवस्थामा घाउको
वास्तविक कारण पहिचान गर्न सकिँदैन, किनभने डर्मेटाइटिस पेडेरसको हेमोलिम्फसँग सम्पर्क गरेको केही घण्टा पछि
मात्र देखिन्छ।
·
जलनको अनुभूति चीलाई भन्दा बढी
हुन्छ। रोगीहरूले विरलै दुखाइको गुनासो गर्छन्। २०% सम्म बिरामीहरूमा कुनै लक्षण विना
छालाको घाउको देखिन्छ ।
·
पानी फोका घाउहरूमा विकसित
हुन्छ जुन १ हप्ता भित्र सुक्छ र खैला
बन्छ। निको हुने समय ७ देखि २८ दिन सम्मको हुन्छ, धेरै जसो चाही १४ २१ दिनमा निको हुन्छन् ।
·
निको हुँदा विरामीहरुमा अवशिष्ट छाला विकृतिहरु देखा पर्न सक्छ जसमा विकृति मध्ये ८०% हाइपो पिग्मेन्टेशन र लगभग २० %
हाइपरपिग्मेन्टेशन हुन्छ । दाग विरलै हुन्छ।
रोकथामका उपायहरू
·
पेडरिन डर्मेटाइटिसबाट
बच्नको लागि पेडेरस सम्पर्क सीमित गर्नु सबैभन्दा प्रभावकारी निवारक उपाय हो।
·
विशेष गरी वर्षाको समयमा, जब किरा सक्रिय हुन्छ, अलि बढी ध्यान पुर्याउनु होस् ।
·
लामो बाहुला भएको शर्ट, पाइन्ट र टोपी लगाउनुहोस् जसले गर्दा यो र अन्य किराहरु छालाको सम्पर्कको
सम्भावना कम गर्दछ ।
·
ढोका र झ्यालमा जाली लगाउनुहोस्
। त्यस्तै सुत्ने वेला झुलको प्रयोग गर्नुहोस् ।
·
यसको अन्डा र लार्भा हुन सक्ने
भएकोले झाडी हरु सफा गर्नुहोस् ।
·
सुत्नु अघि ओछ्यान वरपर सफा गर्नु होस।
·
यो किराले टोक्दैनन् । तर, यदि किरा शरीरमा वस्यो भने, त्यसलाई छुनु हुँदैन ।
·
जब छोइयो, वा कुचियो, यसबाट एसिड जस्तो विषाक्त पदार्थ निस्कन्छ जसको नाम मैले माथि नै
उल्लेख गरेको छु ।
·
यदि यो खतरनाक रसायन आँखामा रगड्दा आँखामा पुग्यो भने केही समयका
लागि संक्रमित व्यक्ति अन्धोपनमा पनि जान्छन् । कसैलाई यसको बस्ने वा शरिरमा
टाँसिएको थाहा भएमा यसलाई बिस्तारै उडाउनुपर्छ र त्यसपछि छालालाई साबुनले राम्ररी
सफा गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।
·
किराको संसर्गमा आउने वितिक्कै धुनाले धेरै विष निकाल्छ।
पेडेरिनमा छालाको प्रतिक्रिया ढिलो हुन्छ र प्रारम्भिक एक्सपोजर पछि लक्षण देखिन १२-३६
घण्टा लाग्न सक्छ।
·
घाउ हरु भएको खण्डमा प्रारम्भिक उपचारमा चिसो, भिजेको कम्प्रेसहरू प्रयोग गर्न सकिन्छ भने त्यसपछि क्यालामाइन
लोशन वा टोपिकल कोर्टिकोस्टेरोइडको प्रयोग
गरिन्छ ।