Wednesday, July 22, 2020

जादुको कुनै मन्त्र भए

जादुको कुनै मन्त्र भए
फु मन्तर गरि शान्ति ल्याउथें
जर्जर भएको यो देशलाई
सम्बृदशाली मुलुक बनाउथे
मेरो यो सपना मात्रै
विपनामा पुगे हुन्थ्यो
यो देशका मुर्ख नेताहरुको
दिमागको ढक्कन खुले हुन्थ्यो

देशको यो हृदयको घाउ
धामी झाक्रीले निको पारे
कति धेरै जाति  हुन्थ्यो
उजाड यो देशै भरि
अमन चैनको फुल फुले हुन्थ्यो

जादुको कुनै छडी भए
ट्वाक ठोकी सम्व्रिद्दी ल्याउथे
मेरो बशले भ्याउने भए
भ्रस्ट नेतालाई ठेगान लाउथे

जादुको कुनै मन्त्र भए
शान्ति दुत फेरी ल्याउथे
देश भनेको कस्तो हुन्छ
यी पाखण्डीहरुलाई  देखाउथे

कुनै यस्तो शक्ति नभएपनि
शक्ति मेरो हो यो आवाज
वुद्दी तिम्रो पलाएको भए
अवस्था अर्कै हुन्थ्यो आज

........................................................२०६२/१२/३१/रति ७:३० 

1 Comments:

At July 23, 2020 at 9:33 PM , Blogger Unknown said...

Its really nice sir and true also.

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home